मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०८० बैशाख २१ बिहीबार १०:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै   

Read Time : < 1 मिनेट
२०८० बैशाख २१ बिहीबार १०:०५:००

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार विश्वासको मत लिने भएका छन् । संविधानमा नियुक्त भएको ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।

संविधानको धारा १६८ को (२) अनुसार पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले १४ वैशाखमा मुख्यमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री नियुक्त भएको आठौँ दिनमा उनले विश्वासको मत लिन लागेका हुन् ।

मुख्मन्त्रीले विश्वासको मत लिने निर्णयसँगै प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णयसमेत गरेको विनाविभागीयमन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश प्रमुख गुरुङले बिहीबार दिउँसो २ बजे बस्ने गरी आह्वान गरेका छन् । 

६० सदस्यीय प्रदेश सभामा चार दलको प्रतिनिधित्व छ । कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र मनाङ १ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित एकजना सदस्य छन् । बहुमतको सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक रहन्छ ।

कांग्रेसका २७, माओवादीका सात र स्वतन्त्र एक गरी ३५ जनाको समर्थनमा पाण्डेलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमालेका २२ र राप्रपाका दुई गरी २४ जनाको समर्थन पाण्डेलाई छैन ।