मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १०:३७:००
Read Time : < 1 मिनेट
साहित्य

हामीमा मनोज र जीवराज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख २ सोमबार १०:३७:००

हामी कवि र कविताको ६७औँ शृंखलामा दार्जिलिङका कवि मनोज बोगटी र खोटाङका जीवराज घिमिरेले कविता सुनाए । सर्वनाम थिएटरमा भएको कार्यक्रमको पहिलो चरणमा प्रस्तुत भएका कवि जीवराजले आमालाई समर्पित गरेको कविता ‘घर’बाट वाचन सुरु गरेका थिए । उनले ‘मेरो पहाड’, ‘कविजी के गर्दै हुनुहुन्छ अचेल ?’ ‘म नीलो नयाँ नेपाल हुँ’, ‘अनन्त तिर्खाको काकाकुल’लगायत दर्जन कविता सुनाएका थिए । 

दोस्रो चरणमा कवि मनोज बोगटीले ‘लौ त कविजी’बाट वाचन सुरु गरेका थिए । उनले ‘ईश्वर’, ‘खेतको विश्वास’, ‘बिउ’, ‘साइबर क्याफेमा बाबा’, ‘१९५०’, ‘काफरे अमेरिका’, ‘मलाई पनि तिम्रो सम्झना आउँछ’लगायत कविता सुनाए । ‘हामी कवि र कविता’ कार्यक्रम सर्वनाम र लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको आयोजनामा हरेक महिनाको १ गते हुन्छ ।