मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० बैशाख ११ सोमबार २०:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अग्रता बढाउँदै उपेन्द्र

Read Time : < 1 मिनेट
२०८० बैशाख ११ सोमबार २०:२९:००

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ मा जनता समाजवादीका उपेन्द्र यादवले पछिल्लो समय अग्रता बढाउँदै लगेका छन् । 

६ हजार ६३१ मतगणना गर्दा उपेन्द्रले दुई हजार ७७० मत प्राप्त गरेका छन् । जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहले दुई हजार १८२ मत प्राप्त गरेका छन् । 

उपेन्द्रले शिवचन्द्रलाई ५८८ मतले पछि पारेका छन् । सुरुवाती केही चरणमा शिवचन्द्रले अग्रता लिए पनि पछिल्लो समय उपेन्द्रले लगातार अग्रता बढाइरहेका छन् । 

यहाँ एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले नौ सय २९ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल तीन सय ५२ मत ल्याई चौथो स्थानमा छन् ।