मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत ३० शनिबार ०९:०८:००
Read Time : > 1 मिनेट
सप्तरंग

गुरुङ संस्कृति र संस्कारमा आधारित चलचित्र 'मारक्यु' बैशाखमा प्रदर्शन हुने

Read Time : > 1 मिनेट
२०७५ चैत ३० शनिबार ०९:०८:००

गुरुङ संस्कृति र संस्कारमा आधारित चलचित्र 'मारक्यु' अर्थात सुनपानी बैशाखको २८ गते लमजुङमा प्रदर्शन गरिने भएको छ । बेसीशहरको अन्नपूर्ण चलचित्र मन्दिरमा दिनको दुई पटक यो चलचित्र हेर्न पाईने भएको छ । शुक्रबार बेसीशहरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी चलचित्रको निर्माण संस्था क्लाईमेक्स आर्ट प्रालिले सामाजिक कथावस्तु बोकेको चलचित्रलाई लमजुङका दर्शक तथा शुभचिन्तकसामु देखाउन लागिएको बताएको छ

लमजुङमा पहिलो पटक प्रदर्शन गरिसकेपछि चलचित्रलाई हंङ्कङ्, अमेरीका, कोरीया, कतार, बेलायत लगायतका देशहरुमा पनि प्रदर्शनको तयारी गरिएको चलचित्रकी नायिका खुशी गुरुङले जानकारी दिइन् । दुई भाषामा सम्पादन गरिएको चलचित्र मारक्यु एक पटक नेपाली भाषामा सम्पादन गरिएको दृष्य प्रदर्शन गरिने भएको छ भने एकपटक गुरुङ भाषामा प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ । 

क्लाईमेक्स आर्ट प्रालिको व्यानरमा निर्माण गरिएको सो चलचित्रलाई दिनेश गुरुङले निर्देशन गरेका छन् । यसअघि दुई चलचित्रमा सहायक निर्देशन गरेका गुरुङको मुख्य निर्देशन गरेको यो पहिलो चलचित्र हो । २६ लाख रुपैयाँको लगानीमा निर्माण गरिएको मारक्युमा गुरुङ सँस्कृतिमा जन्मदेखि मृत्युसम्म सुनपानीको महत्वलाई पर्दामा उतार्न खोजिएको छ । आमा र बुबाको मृत्युपछि घरबार सम्हाल्दै गरेकी दिदी र उनको भाईको प्रेम कथामा चलचित्र आधारित रहेको निर्देशक गुरुङले जानकारी दिए । 

चलचित्रमा नायिका खुशी गुरुङ, लमजुङ डान्स च्याम्पकी उपविजेता रोशनी गुरुङ, कमल गुरुङ, आकाश गुरुङ, गजबहादुर गुरुङ, अस्मिता गुरुङ, केशकुमारी गुरुङ, प्रतिमा गुरुङ, पर्शराम गुरुङ, दुरमाया घले, सिमा गुरुङ लगायतको अभिनय रहेको छ । 

चलचित्रका लागि प्रवासमा रहेका नवराज घले, कालु गुरुङ, सूर्य घले, केशबहादुर गुरुङ, दविराम गुरुङ, नन्दबहादुर गुरुङ, संग्राम गुरुङ, पर्वतका चन्द्रबहादुर गुरुङ र लमजुङका राकेश गुरुङ लगायतको लगानी रहेको छ । चलचित्र पूर्वी लमजुङको दोर्दी-५ छैलुङ र बाक्सोरामा छायाँकन गरिएको निर्माता नवराज घलेले जानकारी दिए ।