१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख ८ शुक्रबार १०:४९:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

गजल महोत्सव आयोजना हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख ८ शुक्रबार १०:४९:००

साहित्यका विभिन्न विधामध्ये सशक्त विधा गजलको नेपाली साहित्यमा महत्व बढाउने तथा गजल विधाका साधकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले गोकर्णेश्वर नगरपालिका, शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नेपाली भाषामा गजल महोत्सव हुने भएको छ । नगरपालिकाले नेपाली भाषामा गजल लेख्ने विश्वभरका सबैलाई सहभागी हुन सक्ने गरी प्रतियोगितात्मक कार्यक्रम गर्न लागेको हो । 

वैशाख २३ गते हुने महोत्सवका लागि वैशाख १५ गतेभित्रमा गजल शिक्षा शाखामा आइपुगिसक्नुपर्ने आयोजकको भनाइ छ । तोकिएको समयपछि आएका गजललाई सहभागी गराउन नसक्ने नगरपालिकाले जनाएको छ । निर्णायक मण्डलबाट छानिएका ४० वटा गजल महोत्सवमा वाचन तथा गायनमार्फत प्रस्तुत गरिसकेपछि विजेता चुनिने जनाइएको छ । 

प्रतियोगितामा सहभागी हुन मौलिक, प्रकाशन तथा प्रसारण र गायन रेकर्डसमेत नभएको गजल हुनुपर्ने सर्त राखिएको छ । विजेतामध्ये प्रथम हुनेलाई ६० हजार रुपैयाँ, दोस्रो हुनेलाई ४० हजार रुपैयाँ, तेस्रो हुनेलाई ३० हजार रुपैयाँ र पाँचजना प्रत्येकलाई सान्त्वना पुरस्कारस्वरूप २० हजार रुपैयाँका दरले प्रदान गरिने जनाइएको छ । पुरस्कारको रकम करबाहेकको रहेको आयोजक समितिका संयोजक गोविन्द घिमिरे ‘वेदमणि’ले बताए ।