मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार २१:०६:००
Read Time : < 1 मिनेट
समाचार

सरकार मुलुकको शिक्षा प्रणाली सुधार गर्न तयार : रक्षामन्त्री पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २९ शुक्रबार २१:०६:००

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको शिक्षा प्रणाली सुधारमा लागेको बताएका छन् । टंगाल माध्यामिक विद्यालयको ५६ औं वार्षिक उत्सवमा पुगेका मन्त्री पोखरेलले समृद्ध नेपाल निर्माणका लागि माटो सुहाउँदो शिक्षा आवश्यक देखिएकाले त्यसैको तयारीमा लागेको बताए । 

मन्त्री पाेखरेलले भने, ‘समृद्ध नेपाल निर्माणको दिशामा सरकार अग्रसर छ । त्यसका लागि आधार तयार हुनु जरुरी छ । त्यो भनेको नीति निर्माण हो । सरकारले काम पूरा गरिसकेको छ । त्यसको परिणाम अब देखिन थाल्नेछन् । व्यवहारिक शिक्षा त्यसैको एउटा नमुना हो । समृद्ध नेपाल निर्माणका लागि त्यस्तै शिक्षाको आवश्यकता छ ।’ कार्यक्रममा उनले विद्यालयका विद्यार्थी, अवकास प्राप्त तथा अवकाशोन्मुख शिक्षक, लामो समयदेखि शिक्षण क्षेत्रमा लागेका शिक्षकलाई सम्मान गरेका थिए । 

कार्यक्रममा पाेखरेलले भने, ‘विद्यालय विकासका लागि सबै खालको सहयोग गर्न सरकार तयार छ । म यही क्षेत्रको प्रतिनिधि । यहाँको विद्यालय सुधार मेरो दायित्व हो । विद्यालयले प्रस्ताव लिएर आओस् । विद्यालय समृद्धिमा सरकार सबै प्रकारकाे सहयोग गर्न तयार छ ।’ 

विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारीले शिक्षक समयअनुसार आफ्नो वृद्धि विकासमा लाग्नु आवश्यक रहेको बताए । उनले भने,‘शिक्षक समय अनुसार आफ्नो अपग्रेडमा लाग्नु पर्छ । त्यसो गर्न नसकिए नयाँ पुस्तालाई ठाउँ खाली गरे मात्रै मुलुकको शैक्षिक विकास हुनसक्छ ।’