इन्डिन प्रिमियर लिग (आइपीएल) को २६ औं खेलमा दिल्ली क्यापिटल्सले टस जितेर कोलकाताविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
नेपाली खेलाडी सन्दिप लामिछाने भने शुक्रबारको खेलमा दिल्ली क्यापिटल्सको ‘प्लेइङ इलेभेन’मा परेका छैनन् । उनलाई आजको खेलमा किमो पलले बिस्थापित गरेका छन् ।
दिल्लीले खेलेको पछिल्लो चार खेलमा ‘प्लेइङ इलेभेन’ मा परेका सन्दिपले ५ विकेट लिइसकेका छन् । सुरुका दुई खेलमा पनि उनलाई खेलाइएको थिएन ।
दिल्लीले हालसम्म खेलेको ६ खेलमा ३ जित, ३ हात ब्यहोरेको छ । आठ टिम सहभागी आइपीएलमा दिल्ली छैटौ नम्बरमा छ ।