मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०८० बैशाख ६ बुधबार १२:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विभेदरहित समाजका लागि गड्डाचौकीदेखि महाकाली–मेची साइकल यात्रा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० बैशाख ६ बुधबार १२:५२:००

पश्चिम नेपाल कञ्चनपुरको गड्डाचौकीदेखि तीन दलित समुदायका महिलाले महाकाली–मेची साइकल यात्रा सुरु गरेका छन्। बुधबार बिहान एक कार्यक्रमका बीच भीमदत्त नगरपालिका– ११ गड्डाचौकीदेखि तीन दलित समुदायका महिलाले साइकल यात्रा सुरु गरेका हुन्।

सञ्चारकर्मीसमेत रहेका रीता बुढाथोकी, संगीता नेपाली र इन्दिरा विश्वकर्माले नेपालको राष्ट्रिय झन्डासहित साइकल यात्रा सुरु गरेका हुन्।  ‘सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्मसम्मानका लागि’ भन्ने मूल नारा अघि सारेर साइकल यात्रा गर्न लागेको उनीहरूले बताएका छन्।

डेढ दशकदेखि रेडियो नेपालमा कार्यरत रीता बुढाथोकीले अझै पनि दलित समुदायमाथि विभेद रहेकाले विभेदरहित समाज निर्माणका लागि यात्राका माध्यमबाट सन्देश लिन लागेको बताइन्। यात्राका दौरान रचनात्मक छलफल र अन्तर्क्रिया गर्ने तथा दलित समुदायको अवस्था बुझ्ने उनले बताइन्। दलित महिला संघ कञ्चनपुुरका अध्यक्ष लक्ष्मी विकले अझै पनि दलित समुदाय र त्यसमाथि पनि दलित महिलामाथि बढी विभेद रहेको भन्दै यात्राका माध्यमबाट यसलाई चिर्नुपर्ने बताइन्।

सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले यात्रा सफलताको कामना गर्दै दलित समुदायको न्यायका लागि विद्यमान ऐन, व्यवस्था कार्यान्वयन हुनुपर्ने बताए। माओवादी केन्द्रका नेता एवं प्रदेशका पूर्वराज्यमन्त्री मानबहादुर सुनारले विभेद स्वयं दलित र गैरदलित समुदायले हृदयबाटै हटाउनुपर्ने बताए। कांग्रेस नेता एवं संविधानसभा सदस्य विनोद पहाडीले साहसिक यात्राले विभेद हटाउन सन्देश पुग्ने विश्वास व्यक्त गरे।