मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
यश कुमार, गायक
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख ५ मंगलबार ११:००:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

गलामा निखार ल्याउन नियमित रियाज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख ५ मंगलबार ११:००:००

हिजोआज गायक–गायिकाहरू छोटो समयमा चर्चित हुन चाहन्छन् । डिजिटल प्रविधिले गर्दा अधिकांशलाई गीत गाउन सजिलो बनाएको छ । बेसुरमा गाउँदा मेसिनले सुरमा ल्याइदिन्छ । डिजिटलले गर्दा गीत गाउन सजिलो भएको छ ।

तर, एउटा गायक वा गायिकालाई सेलेब्रिटी बनाउने गलाले हो । त्यसका लागि तपाईंले आफ्नो गला बचाउनुपर्छ । त्यसैले गलामा निखार ल्याउने नियमित साधना र जीवनशैलीले हो । स्वरलाई सधैँ कोमल राख्न हामीले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । 

- गलालाई निखार ल्याउन नियमित साधना गर्न जरुरी छ । नियमित साधनाविना स्वरमा निखार आउँदैन । साँझ–बिहान रियाज गर्नुपर्ने हुन्छ । 

- हामीले खानेकुरामा पनि विशेष ख्याल गर्नुपर्छ । किनभने, आवाज खानपिनले पनि निर्भर गर्छ । म पनि भोकल फर्ममा राख्न खानपिनमा सचेत छु । 

- फ्रिजमा राखेको चिसो खानेकुरा खानुहुँदैन । म चिसो र अमिलो कहिल्यै खाँदिनँ । चिसो र अमिलोले तपाईंको आवाज अवरुद्ध गर्छ । 

- धूम्रपान तथा सुर्तीजन्य पदार्थका कारण पनि घाँटीमा संक्रमण हुन सक्छ । त्यसैले धूम्रपान तथा सुर्तीजन्य पदार्थ स्वर अवरुद्ध गर्ने ठूलो शत्रु नै हो । त्यसैले धूम्रपान र मद्यपान सेवन नगरेकै राम्रो । कुनै स्टेज कार्यक्रम वा गीतमा भोकल दिनुपर्ने समयमा बियर भुलेर पनि नपिउँदा राम्रो । 

- गीतमा भोकल दिनुपर्ने छ भने माछा–मासु नखाएकै उपयुक्त हुन्छ । मैले पनि त्यसवेला शाकाहारी खाना खान्छु । चिल्लो धेरै भएको तरकारी खाँदिनँ । चिल्लो र पिरोले घाँटी पोल्न सक्छ, जसले गला अवरुद्ध गर्छ । 

- पर्याप्त पानी पिउनुपर्छ । चिसो पानीले पनि स्वरलाई अवरुद्ध गर्न सक्छ । त्यसैले मनतातो पानी पिउँदा राम्रो हुन्छ ।