मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख ३ आइतबार ०७:१४:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख ३ आइतबार ०७:१४:००

अहिले राजस्व कम उठ्नुको कारण के हो ? 
राजस्व कम उठ्नुमा एउटा मात्रै कारण छैन । आन्तरिक र बाह्य दुवै कारण यसमा देखिन्छन् । बाह्य क्षेत्रमा परेको चापका कारण सरकारले लिएको केही नीतिगत कदमले गर्दा राजस्व संकुचनमा परेको हो । बाह्य क्षेत्रको दबाब कम गर्न आयातमा कडाइ गरिएको थियो, जसले भन्सार राजस्व निकै कम संकलन भयो । यद्यपि आन्तरिक राजस्व पोहोरकै बराबर पुग्न लागेको छ । 

त्यसबाहेक घरजग्गा कित्ताकाटमा पछिल्लो समय लिइएको नीतिगत कारणले पुँजीगत लाभकर संकलनमा असर परेको छ । साथै, आन्तरिक माग नै कमजोर भएपछि निजी क्षेत्रले तिर्ने राजस्वमा कमी आउनु स्वाभाविक हो । 

राजस्व बढाउन सरकार के गर्दै छ ?
सरकारले यसअघि लिएका आयात कडाइको व्यवस्था हटाइसकेको छ । राजस्व संकलन गर्ने निकायमा सेवाप्रवाह चुस्त बनाउँदै गइरहेका छौँ । त्यस्तै आगामी असारसम्म साधारण अवस्थामा पुग्ने गरी कार्ययोजना नै बनाएर अघि बढेका छौँ । राजस्व चुहावट हुन सक्ने सम्भावित क्षेत्रमा कडाइ गरिएको छ । 

आगामी बजेटले राजस्व गिरावटको समस्यालाई कसरी सम्बोधन गर्न सक्छ ?
आगामी बजेटमा आउने राजस्व नीति तथा कार्यक्रममा करको दायरा विस्तार गर्ने गरी तर्जुमा गर्दै छौँ । यद्यपि असारपछि सामान्य अवस्थामा पुग्छौँ भन्ने हाम्रो अनुमान पनि छ । साथै निजी क्षेत्रको माग र अहिलेको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले राजस्व नीति तथा कार्यक्रम तर्जुमाको तयारी भइरहेको छ ।