सहकारीविद् सहदेव बस्नेतको पुस्तक ‘सहकारी ज्ञानसागर’ सार्वजनिक गरिएको छ । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सो पुस्तक विमोचन गरिएको हो ।
कार्यक्रमका प्रमुख अथिति गौतमले सहकारी सम्बन्धी ज्ञानैज्ञानले भरिएको यस पुस्तकले सहकारी सञ्चालनको सही विधि र राष्ट्रिय आर्थिक विकासको क्षेत्रमा सहकारीको महत्व अझ दर्साउने धारणा राखे ।
त्यसैगरी, पुस्तकका लेखक बस्नेतले आफ्नो पुस्तकभित्र सहकारी सञ्चालक समिति र उपसमितिका सबैले गर्नुपर्ने कार्यहरूको व्याख्या गरिएको, सहकारी ऐन ०७४ र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संस्थालाई जारी गरिएको निर्देशन ०७४ लाई टिप्पणीसहित समावेश गरिएको बताए । पुस्तक शिखा पब्लिकेसनले बजारमा ल्याएको हो ।