१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
तिवारी यादव वीरगन्ज
२०७९ चैत २२ बुधबार ११:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालोपत्रे र फुटपाथ सडक सात दिनभित्र निर्माण गरिसक्ने टेलिकमको प्रतिबद्धता

Read Time : < 1 मिनेट
२०७९ चैत २२ बुधबार ११:०९:००

नेपाल टेलिकमले अप्टिकल फाइबर ओछ्याउने क्रममा भत्काएको कालोपत्रे  र फुटपाथ सडक सात दिनभित्र निर्माण गरिसक्ने प्रतिबद्धता जनाएको छ । नेपाल टेलिकमको क्षेत्रीय कार्यालय श्रीपुर वीरगन्जले अगामी २७ गतेसम्म भत्काएको कालोपत्रे  र फुटपाथ सडक बनाउने प्रतिबद्धता जनाएको हो ।

मंगलबार वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेललाई नेपाल टेलिकमका कर्मचारीले प्रतिबद्धतापत्र हस्तानान्तरण गरेका छन् ।

वीरगन्जको गण्डक चोकदेखि रजतजयन्ती चोकसम्म टेलिकमले विभिन्न कार्य गर्दै आएकोमा करिब तीन सय मिटर फुटपाथ ब्लक नपुगेर ओछ्याउन बाँकी रहेकाले अर्डर गरिसकिएको र बुधबारसम्म आइपुग्ने ठेकेदार कम्पनीले जानकारी दिएपछि सोहीअनुसार अगामी २७ गतेसम्म सम्पन्न गरिसक्ने नेपाल टेलिकमका क्षेत्रीय प्रमुख अनन्त मल्लिकले लेखेको पत्रमा उल्लेख छ । 

मंगलबार वीरगन्ज महानगरपालिकाले श्रीपुरस्थित नेपाल टेलिकमको क्षेत्रीय कार्यालयपरिसरमा फोहोर फालेको थियो। टेलिकमले वीरगन्ज बाइपास सडकखण्ड खनेर छाडेको भन्दै महानगरले ट्रयाक्टरबाट ओसारेरै कार्यालय परिसरमा फोहोर फालेको हो ।

महानगरपालिका प्रमुख राजेशमान सिंहका अनुसार टेलिकमले खनेको सडक फागुनसम्म बनाउने आश्वासन दिए पनि चैत अन्तिम हुनै लाग्दासमेत नबनाएपछि ध्यानाकर्षण गराउन यस्तो कदम चाल्न बाध्य भएको बताए । सडक खनेर छाडेको र पटकपटक ताकेता गर्दासमेत वास्ता नगरेपछि बाध्य भएर कार्यालयपरिसरमा फोहोर फालेर विरोध जनाएको उनको भनाइ थियो ।