मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत २८ बिहीबार १४:०३:००
Read Time : < 1 मिनेट
समाचार

वीर अस्पतालमा विरामीलाई सास्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २८ बिहीबार १४:०३:००

चिकित्सकहरुले ओपीडी सेवा बहिष्कार गरेपछि वीर अस्पतालका विरामीहरुको नियमित परीक्षण गर्न पाउने अधिकारसमेत हनन् भएको छ ।

बिहीबार अस्पताल परिसरमा पुगेका विभिन्न रोगले च्यापेका वृद्धवृद्धाहरुले समेत आफ्नो रोगको नियमित परीक्षण गराउन पाएका छैनन् । बुधबारबाट वीर अस्पताल परिसरमा पाल भित्र संचालन गरिएको अस्थायी प्रकृतिको जाँच गर्न पनि नपाएपछि वृद्धवृद्धाहरु मारमा परेका हुन् । उनीहरुले बृद्धवृद्धाहरुको समेत चेकजाँच गर्ने अवस्था नभएको भन्दै चिकित्सकहरुप्रति आक्रोश व्यक्त गरेका छन् । त्यसैगरी थाईराईड परीक्षण गराउन आएकाहरुले पनि पालमा घण्टौं कुर्नु परेको गुनासो गरेका छन् । 

यता, कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै ओपीडी सेवा बहिष्कार गरेका चिकित्सकहरुले भने अस्थायी पालको व्यवस्था गरेर भएपनि अत्यावश्यकीय सेवा विरामीहरुलाई दिने काम भईरहेको दाबी गरेका थिए । अस्पतालकी आवासीय चिकित्सक सोनी श्रेष्ठले आफूहरुलाई कर्मचारी समायोजनको नाममा सरकारले पीडा दिएकाले त्यसको विरोधमा अस्पतालका ओपीडी सेवा अवरुद्ध पारेर आन्दोलन गर्नु परेको बताईन् ।

सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशका दुरदराजबाट उपचारका लागि वीर अस्पताल आएका विरामीहरुले एक साता यता झनै सास्ती व्यहोर्नु परिरहेको छ ।