Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १७ शुक्रबार १४:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् विस्तार नहुँदै गठबन्धनभित्र तीव्र असन्तुष्टि, राजीनामा बाेकेर बालुवाटार छिरे मन्त्री खान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १७ शुक्रबार १४:२०:००

सत्तागठबन्धनमा आवद्ध दलले सरकारमा जाने मन्त्रीहरूको नाम टुंगो लगाएका छन्। साटौँपटकको मन्त्रिपरिषद् विस्तारमा पनि सरकारले अझै पूर्ण पाउने सम्भावना भने देखिएको छैन। 

मन्त्रालय पाएका पार्टीले आफूले चाहेको मन्त्रालय नपाएको भन्दै असन्तुष्टि जनाएका छनएका छन्। सिके राउत नेतृत्वको जनमत पार्टीका खानेपानीमन्त्री अब्दुल खानले राजीनामा बाेकेर बालुवाटार पुगेका छन्। 

जनमत पार्टीका नेता बिपी साहका अनुसार अहिले बालुवाटारमा छलफल भइरहेको छ। जनमत पार्टीले उद्योग मन्त्रालय दाबी गर्दै आएको थियो।

मन्त्रिपरिषद् विस्तारका क्रममा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिन लागेका हुन्। केन्द्रमा उद्योग मन्त्रालय नपाए मधेस प्रदेश सरकारबाट समेत बाहिरिने घाेषणा गरेकाे छ। 

यस्तै गठबन्धनको ठूलो दल कांग्रेसले अहिलेसम्म चारजना मन्त्रीको नाम मात्रै टुंग्याउन सकेको छ। यता प्रधानमन्त्रीसँग अझै चारवटा मन्त्रालय छन्। गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी भएकाे छैन। प्रधानमन्त्रीले रास्वपाका लागि मन्त्रालय होल्ड गरेर राखेकाे बताइएकाे छ। नवनियुक्त मन्त्रीहरूको आजै शपथग्रहण गराउने तयारी भइरहेको छ।