१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७५ चैत २८ बिहीबार ०८:१२:००
Read Time : < 1 मिनेट
समाचार

अब्बल बन्दै गुल्मी अस्पताल

Read Time : < 1 मिनेट
२०७५ चैत २८ बिहीबार ०८:१२:००

गुल्मी अस्पतालले स्तरीय उपचार सेवा दिन थालेको छ । चालू आर्थिक वर्षमा अस्पतालमा सातजनाले हर्नियाको सफल अप्रेसन सेवा लिएका अस्पताल प्रमुख डाक्टर उत्तम पाच्याले जानकारी दिए । दुई महिनाअघि एक महिलाको अण्डनलीको ट्युमरको पनि सफल शल्यक्रिया गरिएको छ । चालू आवमा तीनजना एपेन्डिसाइटिसका बिरामीको पनि शल्यक्रिया भएको छ । यसबीचमा जटिल शल्यक्रियामार्फत ६३ जना महिलाले प्रसूति सेवा लिएका डा. पाच्याले बताए । 

केही वर्षअघिसम्म गुल्मी अस्पताललाई रिफर सेन्टरका रूपमा हेरिन्थ्यो । सामान्य बिरामीको पनि उपचार हुँदैनथ्यो । उपचारका लागि अस्पताल पुगेका बिरामीलाई स्वास्थ्यकर्मीले तुरुन्तै अन्यत्र रिफर गरिदिन्थे । तर, अहिले अस्पतालको अवस्था फेरिएको छ । अस्पताल सुविधासम्पन्न बन्दै गएपछि नागरिकमा पनि अस्पतालप्रतिको विश्वास बढ्दै गएको नेकपाका स्थानीय नेता कृष्ण सुनारले बताए । 

गुल्मी अस्पतालमा कम्प्युटराइज एक्सरे सेवा सुरु गरिएको छ । केमिकलमा डुबाउनुपर्ने झन्झटिलो एक्सरे मेसिन विस्थापित गरेर अत्याधुनिक एक्सरे मेसिनबाट सेवा दिन थालिएको हो ।