१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ चैत १३ सोमबार ११:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशको पश्चिम भाग भूकम्पकाे उच्च जोखिममा : ६ महिनामा १४ पटक भूकम्प

Read Time : < 1 मिनेट
२०७९ चैत १३ सोमबार ११:१०:००

सुदूरपश्चिम र कर्णाली प्रदेशमा ६ महिनामा  चार रेक्टर स्केलभन्दा माथिका १४ वटा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।

कात्तिक २२ गते खप्तडबाबाको आश्रम आसपास  केन्द्रविन्दु भई भूकम्प गएयता चार रेक्टर स्केलका देशभर २६ वटा भूकम्प गएकोमा १४ वटाको केन्द्रविन्दु सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले बताए । शर्माले भने, ‘देशभरका अनुपातमा यस क्षेत्रमा धेरै भूकम्प गइरहेको छ, यसकारणले पनि देशको पश्चिम भाग भूकम्पको उच्च जोखिममा रहेको छ ।’

आइतबार राति १०:२७ मिनेट जाँदा बाजुराको स्वामिकार्तिक गाउँपालिका साप्पाटा आसपास केन्द्रविन्दु भई ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।  देशका पश्चिमी भागमा गएका १४ भूकम्पमध्ये  सबैभन्दा बढी बाजुरामा पाँचपटक भूकम्प गएको छ । 

कात्तिक २२ गते डोटी केन्द्रविन्दु भई आएको भूकम्पमा मानवीय क्षतिसमेत भएको थियो । विभिन्न समयमा आएको भूकम्पका कारण घर तथा सार्वजनिक भवनहरू चर्किनुका साथै बस्न अयोग्य भएका छन् । भूकम्प प्रभावितहरू कोही त्रिपालमा छन् भने केही जोखिम मोलेर चर्किएकै घरमा बस्न बाध्य छन् ।

१४ वटा भूकम्पमध्ये १० सुदूरपश्चिम प्रदेशका विभिन्न मागमा र चार कर्णाली प्रदेशका विभिन्न मागमा रहेका छन् । चार रेक्टर स्केलका एक हजारभन्दा धेरै पराकम गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।