१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी 
२०७५ चैत २७ बुधबार १७:४३:००
Read Time : < 1 मिनेट
विश्व

ट्वीटरले हटायो डोनाल्ड ट्रम्पको ट्वीटबाट भिडियो

Read Time : < 1 मिनेट
एजेन्सी 
२०७५ चैत २७ बुधबार १७:४३:००

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक ट्वीटबाट भिडियो हटाएको छ । राष्ट्रपति ट्रम्पले यो भिडियो अनुमति बिना आफ्नो ट्वीटमा राखेको भन्दै ट्वीटरले हटाएको हो । 

फिल्म ‘द डार्क नाइट राइज’ को संगीत राखेर बनाइएको दुई मिनेटको भिडियो ट्रम्पले आफ्नो टाइमलाइनमा पोष्ट गरेका थिए ।  चलचित्र निर्मात कम्पनी वार्नर ब्रोजले उजुरी गरेपछि ट्वीटरले उक्त भिडियो हटाएको हो । आफ्नो चलचित्रको संगीत प्रयोग गर्न ट्रम्पले कुनै अनुमति नलिएकाले ट्वीटरमा उजुरी गरिएको कम्पनीले जनाएको छ ।