१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७५ चैत २७ बुधबार १४:३३:००
Read Time : < 1 मिनेट
विश्व

भारतीय प्रधानमन्त्री मोदीबारे बनेको चलचित्र प्रदर्शनमा रोक

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ चैत २७ बुधबार १४:३३:००

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र प्रदर्शनमा रोक लागेको छ । भारतको निर्वाचन आयोगले बुधबार उक्त चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो । 

यो चलचित्र भारतमा निर्वाचन सुरु हुने दिन, अप्रिल ११ देखि प्रदर्शन गर्ने तयारीमा थियो । ओमुंग कुमारले निर्देशन गरेको चलचित्रमा विवेक ओब्रोइले मोदीको भूमिका निभाएका छन् । 

चलचित्र २३ वटा विभिन्न भाषामा एकसाथ प्रदर्शन गर्ने तयारी थियो । आयोगले लोकसभा निर्वाचन नसकिएसम्मका लागि उक्त चलचित्र प्रदर्शन नगर्न निर्देशन दिएको हो ।