मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ चैत ६ सोमबार १५:२५:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राष्ट्रिय क्रिकेट टोलीका ललित र दिपेशलाई विराटनगरले सम्मान गर्ने 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ चैत ६ सोमबार १५:२५:००

विराटनगर महानगरपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय ललित राजवंशी र दिपेश कँडेललाई  नगदसहित सम्मान गर्ने भएको छ।

विराटनगरका क्रिक्रेटर ललित र दिपेशलाई नगरपालिकाले नगद एक लाख रुपैयाँसहित सम्मान गर्न लागेको हो। 

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत बिहीबार काठमाडौंमा सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप प्रतियोगिताको क्वालिफायरमा पुग्न सफल भएको खुसियालीमा महानगरपालिकाले खेलाडीलाई सम्मानकाे घाेषणा गरेकाे हाे। 

युएईसँगकाे अन्तिम खेलमा कँडेलले पाँच विकेट लिएका थिए। यस्ताे अर्का खेलाडी राजवंशीले पनि नेपाली  क्रिकेटलाई उचाइमा पुर्‍याउन निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गरेको विराटनगरको ठहर छ।  
 
विराटनगर महानगरका मेयर नागेश कोइरालाले चाँडै नै विशेष समारोह आयोजना गरेर दुवै खेलाडीलाई नगदसहित सम्मान गरिने जानकारी दिए।