Skip This
पहिलोपटक न्यायिक समितिकाे राष्ट्रिय सम्मेलन हुँदै 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 14 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिलोपटक न्यायिक समितिकाे राष्ट्रिय सम्मेलन हुँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:२५:oo

पहिलोपटक काठमाडौं महानगरपालिकाको संयोजकत्वमा देशभरका न्यायिक समितिको राष्ट्रिय सम्मेलन हुने भएको छ। 

काठमाडौं महानगरकी उपमेयर सुनीता डंगोलले राजधानीमा पत्रकार भेटघाटमा चैत १५ र १६ मा सम्मेलन हुन लागेको जानकारी दिएकी हुन्। 

यसका लागि सात सय ५३ वटै पालिकाका  न्यायिक समिति संयोजक या सदस्यलाई सहभागीका लागि पत्र पठाइएको उनले जानकारी दिइन्। बैठकमा राम्रा र सफल अभ्यासका विषयमा छलफल हुने ‘न्यायिक समितिको काममा एकरूपता छैन, गर्ने काममा पनि अधिकार क्षेत्रबाहिरको काम पनि भइरहेका छन् र आफ्नो अधिकार क्षेत्रका काम पनि नभएको अवस्था छ, यसका लागि न्यायिक समितिको काममा एकरूपता बनाउन सम्मेलनमा छलफल हुनेछ,’ उनले भनिन्।

सम्मेलनका लागि आइतबार साँझसम्म दुई सय १५ पालिकाले निश्चित गरिसकेको उनले जानकारी दिइन्। यसका लागि तयारी पूरा भएको उनको भनाइ छ।