मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ चैत ५ आइतबार १३:०९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङका सबै क्याम्पसमा उत्साहपूर्ण मतदान जारी [तस्बिरहरू]

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ चैत ५ आइतबार १३:०९:००

स्वतन्त्र विद्यार्थी संगठनको निर्वाचन मोरङका सबै क्याम्पसमा शान्तिपूर्वक उल्लासमय वातावरणमा भइरहेको छ। 

कोसी प्रदेशको सबैभन्दा ठूलो विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससहित अन्य सातवटा क्याम्पसमा स्ववियु निर्वाचन शान्त र उल्लासमय वातावरणमा भइरहेको हो। 

मोरङको बेलबारी र खदम क्याम्समा सर्वसम्मत नेतृत्व चयन भएकाले निर्वाचन गर्नुपरेन। विराटचाेकस्थित सुकुना बहुमुखी क्याम्पसमा आपसी विवादले गर्दा भोलि सोमबार मात्र निर्वाचन हुने तय भएको छ। 

यसबाहेक मोरङको उर्लाबारी, पथरी, रंगेली, रमाइलो र विराटनगरको मोरङ र नर्सिङ क्याम्पसमा आज शान्तिपूर्वक र उल्लासमय वातावरणमा निर्वाचन भइरहेको मोरङ प्रहरीले जनाएको छ। 

कोसी प्रदेशको सबैभन्दा ठूलो र पुरानो ऐतिहासिक क्याम्पस महेन्द्र मोरङमा अध्ययनरत १० हजार विद्यार्थीमध्ये करिब ६ हजार विद्यार्थीको मतदाता नामावली कायम भएको छ। विद्यार्थीहरू हर्ष र उल्लासमय वातावरणमा मतदान गर्न शान्तपूर्वक सहभागी भइरहेको क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले बताए। 

मोरङ क्याम्पसमा यसभन्दा अघि भएका स्ववियु निर्वाचनमा केही न केही अप्रिय घटना हुने गर्दथ्यो। तर, यसपालि सबै विद्यार्थी संगठनले सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सहयोग गरिरहेको क्याम्पस प्रमु तिमल्सिनाको भनाइ छ।

विराटनगरको रोडशेषचाेकस्थित मोरङ क्याम्पसमा विद्यार्थीहरू आ–आफ्ना उम्मेदवारलाई मत माग्न र मत दिन उल्लासमय वातावरणमा तडकभडकसहित जम्मा भइरहेका छन्। बिहान झन्डै साढे ९ बजेबाट सुरु भएको मतदान अपरान्ह्र ४ बजेसम्म सञ्चालन हुनेछ। 

मोरङ क्याम्पसमा तीन ठूला संगठनहरू नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियुबीच तीव्र प्रतिस्पर्धा छ। यहाँ जम्मा दशवटा विद्यार्थी संगठनले उम्मेदवारी दिएका छन्। अखिल क्रान्तिकारी र जसपानिकट विद्यार्थी संगठनको गठबन्धन छ। नेविसंघ र एमालेनिकट अनेरास्ववियु एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन्।  

मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीबाट अध्यक्षमा रोहित यादव, सचिवमा आशिका लम्साल, नेविसंघबाट अध्यक्षमा जसवन्त पौडेल र सचिवमा पूजा विश्वास अनि अनेरास्ववियुबाट अध्यक्षमा नवीन पहाडी र सचिवमा सनिम ठकुरी उम्मेदवार छन्। 

निर्वाचन प्रक्रियामा असन्तुष्टि जनाउँदै नेविसंघले विराटनगरस्थित नर्सिङ क्याम्समा र अनेरास्ववियुले मोरङ क्याम्पसमा तालाबन्दी गरे पनि दुवै क्याम्पसमा सौहार्दपूर्ण रूपमा निर्वाचन गराउने सहमति भएपछि शनिबार दुवै क्याम्पसको तालाबन्दी खोलिएको थियो।