१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ चैत १ बुधबार १४:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपनिर्वाचन : चितवन २ मा थपिए मतदाता

Read Time : < 1 मिनेट
२०७९ चैत १ बुधबार १४:४३:००

चितवन २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन्।

प्रतिनिधिसभा निर्वाचन, २०७९ को तुलनामा यसपटक ६ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। 

वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदाता नामावलीमा दाबी–विरोधका कार्यक्रम सकिएको उनले बताए। उनले भने, ‘पुराना मतदातामा मृत्यु भएका र दोहोरो नामावली भएका गरी दुई सयजना हाराहारी मतदाताको नामावली काटिनेछ।’

चितवन २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन्। कार्यालयले जाँचबुझपछि नामावली पठाउन लागेको हो। अन्तिम नामावली भने चैत १५ मा प्रकाशन हुने उनले बताए।  

मतदाता नामावली प्रकाशनसँगै चैत १८ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। 

चैत २० मा उमेदवारी दर्ता, चैत २१ मा उमेदवारविरुद्ध दाबी–विरोध, चैत २२ मा उम्मेदवारको नामावली प्रकाशन र चैत २३ गते उमेदवारको अन्तिम नामावली प्रकाशनसँगै निर्वाचन चिह्न प्रदान गरिनेछ। गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन चितवन क्षेत्र नम्बर २ मा ६७ प्रतिशत मतदान भएको थियो। 

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन, २०७९ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य पद खारेज गरेसँगै यहाँ उपनिर्वाचन हुन लागेको हो।