मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ फाल्गुण २८ आइतबार ०८:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘कोसी’ नामांकनको विरोधमा भएको बन्दले जनजीवन प्रभावित 

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २८ आइतबार ०८:४५:००

कोसी प्रदेशको नामांकन विरोधमा पहिचानवादीले कोसी प्रदेशभर गरेको बन्दले जनजीवन प्रभावित भएको छ। प्रदेश सभाले प्रदेशको नाम कोसी राखेपछि आदिवासी–जनजाति आन्दोलनमा उत्रिएका छन्  । 

प्रदेश १ को पुनः नामांकन संघर्ष समितिले आइतबार चक्काजाम गरेको हो । चक्काजामका कारण सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन्। बिहानैदेखि आन्दोलनकारीहरू सडकमा उत्रिएका छन् । ‘निजी सवारी चलिरहेको छ। सार्वजनिक सवारीसाधन सडकमा कम देखिन्छन्,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले भने ।

उनका अनुसार झापामा पाँचजना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘शान्तिपूर्ण प्रदर्शन गर्नेलाई केही गर्दैनौँ । उच्छृंखल गतिविधि गर्नेलाई पक्राउ गर्छौँ,’ उनले भने । प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेशको नाम कोसी राखेपछि आदिवासी–जनजातिले आन्दोलन गर्दै आएका छन्। उनीहरूले प्रदेश सभाले आदिवासी–जनजातिको पहिचान नै नामेट गरेको आरोप लगाउँदै आएका छन् ।