मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ फाल्गुण २७ शनिबार ०८:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

त्रुटि नभेटिएपछि श्री एयरलाइन्सको उडान फुकुवा

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २७ शनिबार ०८:४८:००

श्री एयरलाइन्सको जहाजमा प्राविधिक परीक्षण गर्दा कुनै त्रुटि (कैफियत) फेला नपरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । श्रीले शनिबारदेखि सबै गन्तव्यमा पुनः नियमित उडान गर्नेछ ।

बिहीबार काठमाडौंबाट भैरहवातर्फ उड्ने क्रममा ड्यास क्यू४०० जहाजको इन्जिनबाट ‘फायर वार्निङ’ आएपछि क्यानले श्रीका सबै जहाज ग्राउन्डेड गरेर प्राविधिक जाँच सुरु गरेको थियो । प्रतिबन्धकै कारण शुक्रबार श्रीले कुनै पनि गन्तव्यमा उडान गर्न पाएन । नियमनकारी निकायको विज्ञ प्राविधिक टोलीले चेकजाँच गर्दा श्रीका सबै जहाजहरू उडानयोग्य रहेको भेटिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

‘श्रीका सबै जहाजमा कुनै सिग्निफिकेन्ट कन्सर्न देखिएन, सबै जहाजको उडान प्रतिबन्ध फुकुवा गरिदिएका छौँ,’ भुलले भने । इन्जिनमा आगो देखिएर ग्राउन्डेड गरिएको जहाजमा पनि प्राविधिक समस्या हल भइसकेको हुँदा उडानका लागि फुकुवा गरिसकेको उनले बताए । तर, उक्त जहाज चेकजाँच गरी उडानका लागि योग्य ठहरेका श्रीकै दुईजना इन्जिनियरको भने प्रतिबन्ध फुकुवा गरिएको छैन । ‘इन्जिनियरले चेकजाँच गरेर ठीक भनेको जहाजमा उड्नेबित्तिकै आगो लागेको छ,’ उनले भने, ‘यसमा इन्जिनियरको लापरबाही देखिन्छ, उनीहरूमाथि थप छानबिन गरेर निर्णयमा पुग्छौँ ।’