१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
भुपेन्द्र वली
२०७५ मङ्सिर २८ शुक्रबार १३:१५:००
Read Time : < 1 मिनेट
प्रदेश

आगलागीबाट एकै परिवारका तीन जनाको मृत्यु

Read Time : < 1 मिनेट
भुपेन्द्र वली
२०७५ मङ्सिर २८ शुक्रबार १३:१५:००

दाङको बंगलाचुली गाउँपालिकामा आगलागी हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । खरले छाएको घरमा आगलागी हुँदा गुराँसे ८ का नवराज पुनका एक छोरा र दुई छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

बिहीबार राति सोलारको ब्याट्रि पड्किएर घरमा आगलागी हुँदा पुनको सात वर्षीय छोरा कृष्णकुमार पुन, पाँच वर्षीया छोरी अस्मिता पुन र दुई वर्षीया छोरी अञ्जु पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

पुनको एक वर्षीय छोरा विरामी भएकोले तीन छोराछोरीलाई घरमा सुताएर नबराज र उनकी श्रीमती झारफुक गराउन गएको समयमा ब्याट्रि पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ । 

आगो प्रहरी र स्थानीयको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । साथै आगलागीबाट गोठका सातवटा गाई र चारवटा बाख्रासमेत जलेर नष्ट भएको छ ।