१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २५ सोमबार २०:०१:००
Read Time : < 1 मिनेट
समाचार

वायुसेवा निगमकाे जापानमा हुने उडान सुनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २५ सोमबार २०:०१:००

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जापान उडान सुनिश्चित भएको छ । जापानको ओशाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुलाई ४ देखि दैनिक तीन उडान भर्ने गरी उडान अनुमति पाएको निगमले जनाएको छ । 

जापान उडानका लागि सम्पूर्ण कागजात साेमबार जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब)लाई बुझाएकाले उडान सुनिश्चित भएको निगमका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार काठमाडौं–जापान उडानका लागि नेपाली समयअनुसार बिहान २ः४० बजे पाएको छ भने जापानबाट १३ः५५ (जापानको समयअनुसार) बजेको उडान पाएको छ । यसअघि ओसाका विमानस्थलले भूमिस्थ व्यवस्थापन ‘ग्राउड ह्याण्डलिङ’को विषय टुङ्गो लगाउन नसक्दा जापान उडान लम्बिएको थियो । 

निगमले जेक्याबबाट उडान अनुमति पाएको ३० देखि ४५ दिनभित्र आन्तरिक तयारी गर्नु पर्ने हुन्छ । वाइड बडी ए–३३० जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका अन्तर्राष्ट्रिय विमानस्थलमा साताकोे सोमबार, बुधबार र शुक्रबार उडान गर्ने योजना बनाएको छ ।

ओसाकापछि नारिता अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि निगमले कागजी प्रक्रिया अघि बढाइसकेको छ । नारिताका लागि पनि साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान गर्ने योजना बनाइएको छ । 

काठमाडाैं–जापान उडानको समयावधि ६ घण्टाको रहेको छ भने ओसाका–काठमाडौं उडान समयावधि साढे ७ घण्टाको हुनेछ । निगमले जापान उडानका लागि देशीय निर्देशक ‘कन्ट्री म्यानेजर’, फ्युलिङ, क्यटरिङ, कार्यालय, टिकट काउन्टर, ग्राउण्ड ह्याण्डलिङ, सेक्युरिटीलगायत आवश्यक व्यवस्था गरिसकेको जनाएको छ । रासस