१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २५ सोमबार ०८:५३:००
Read Time : < 1 मिनेट
सप्तरंग

दिशाको डान्स भाइरल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २५ सोमबार ०८:५३:००

टाइगर श्राफले जस्तै दिशा पटानी पनि आफ्नो डान्सको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन् । हालै दिशाले एक भिडियो सामाजिक सञ्जालमा सेयर गरिन्, जसलाई अहिलेसम्म लाखौँले हेरिसकेका छन् । खासमा दिशाको डान्सको स्टेप आममानिसले रुचाइरहेका छन् । 

भिडियोमा दिशा चर्चित गायिका सेलेना गोमेजको नयाँ गीतमा नाचिरहेकी देखिन्छिन् । उनले भिडियोलाई इन्स्टाग्राममा सेयर गरेकी छिन् । दिशाको साथमा अर्की युवती पनि देखिन्छिन् । उनले योभन्दा अगाडि पनि यस्ता भिडियो सेयर गरेकी थिइन् । 

दिशाले टाइगरले जसरी नै फिटनेसलाई खुब ख्याल गर्छिन् । जिममा लामो समयसम्म एक्सरसाइज गर्छिन् । डान्स गरेर पनि आफूलाई फिट राख्छिन् । अहिले दिशा सलमान खानको फिल्म ‘भारत’मा देखिँदै छिन् । यसका साथै चर्चा छ कि दिशा ‘किक २’ मा पनि देखिँदै छिन् । तर, यसको आधिकारिक जानकारी भने आइसकेको छैन । दिशाले ठूलो पर्दामा टाइगर श्राफसँग ‘बागी २’ बाट डेब्यु गरेकी थिइन् । त्यसो त दिशा र टाइगर श्राफ प्रेमसम्बन्धका कारण पनि चर्चामा आइरहन्छन् ।