मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७५ पौष ९ सोमबार २१:२८:००
Read Time : < 1 मिनेट
विश्व

पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरीफ जेल चलान 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष ९ सोमबार २१:२८:००

पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज शरीफ सात बर्षको लागि जेल चलान भएका छन् ।  भ्रष्टाचारसम्बन्धि मुद्दाका कारण यसअघि नै थुनामा रहेका शरीफलाई अदालतले आज अन्तिम फैसला गर्दै जेल चलान गरेकाे हाे  ।  फैसला पूर्व प्रधानमन्त्री शरीफको परिवारद्वारा मध्यपूर्वमा चलाएका व्यवसायबारे पानामा पेपर्समा आएका सूचनाहरूमाथिको अनुसन्धानपछि गरिएकाे हाे ।   

पाकिस्तानमा तीन पटक प्रधानमन्त्री बनिसकेका शरिफले अाफू निर्दाेष भएकाे दाबी गरेका छन् । उनले सुरक्षा निकायले पूर्वाग्रहपूर्वक आफुमाथि भ्रष्टाचारको मुद्दा लगाएको र यसको प्रभाव अदालतमा परेकाे बताए ।   

सोमबारको गरिएकाे फैसलामा शरिफमाथि राज्य शक्ति र श्रोतको दुरुपयोग गरेर मध्यपूर्वमा पारिवारको तर्फबाट व्यापार गरेको र त्यसमा अनियमितता गरेकाे उल्लेख गरिएकाे छ । उनलार्इ १५ लाख पाकिस्तानी रूपैँया जरिवाना समेत तोकिएकाे छ ।  थुनामा रहेका शरीफलाई लाहोरस्थित जेलमा राखिने छ ।