मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत २५ सोमबार ०७:४८:००
Read Time : < 1 मिनेट
प्रदेश

पारिश्रमिक सामाजिक काममा खर्च

Read Time : < 1 मिनेट
२०७५ चैत २५ सोमबार ०७:४८:००

गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले आफ्नो पारिश्रमिक सामाजिक काममा खर्च गरेका छन् । 
एक वर्षको पारिश्रमिकबापत प्राप्त ७ लाख ९ हजार १ सय ३५ रुपैयाँमा ३ लाख ५४ हजार ५ सय २७ रुपैयाँ थप गरेर सामाजिक काममा खर्च गरेको थापाले जानकारी दिए ।
थापा कास्की २ ‘ख’ बाट निर्वाचित सांसद हुन् । एक वर्षको पारिश्रमिक र थप गरिएको रकमसहित १० लाख ५४ हजार ६ सय ५५ रुपैयाँ स्थानीय २२ वटा संघ-संस्थालाई सहयोग गरेको उनले बताए । 
सांसद थापाले गरेको सहयोग खानेपानी, फर्निचर, बालबालिकालाई न्यानो कपडा, विद्यालयमा अक्षयकोष स्थापना, नौमती बाजा र खेलकुदका सामग्री खरिद, मन्दिर र पुल निर्माण, आर्थिक सहयोगलगायतका शीर्षकमा खर्च भएको छ । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका थापा कास्कीबाट निर्वाचित हुने कांग्रेसका एक मात्र सांसद हुन् ।