१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण १ सोमबार १२:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल–भारत सचिवस्तरीय बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण १ सोमबार १२:२३:००

नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठक सुरु भएको छ ।भारतीय विदेशसचिव विनयमोहन क्वात्रा र नेपालका परराष्ट्रसचिव भरतराज पौड्यालबीच होटेल याक एन्ड यतीमा प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको हो ।

क्वात्रा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आइपुगेका हुन् । सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत विषयमा छलफल हुने जनाइएको छ । वार्तामा नेपालले हवाई प्रवेश अनुमति, पञ्चेश्वरको डिपिआर, सीमा वार्तालगायत विषयमा प्रस्ताव गर्नेछ ।

विदेशसचिवको कार्यभार सम्हालेपछि क्वात्राको यो पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।