मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ चैत २४ आइतबार ०६:२२:००
Read Time : < 1 मिनेट
अर्थ

सानिमाको शाखा पुतलीसडकमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २४ आइतबार ०६:२२:००

सानिमा बैंक लिमिटेडले काठमाडौंको पुतलीसडकमा शाखा सञ्चालन गरेको छ । उक्त शाखाको बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

पुतलीसडक शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनुका साथै शैक्षिक कर्जाका लागि विशेष डेस्क स्थापना गरिएको अध्यक्ष श्रेष्ठले बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पुतलीसडक शाखाबाट ग्राहकलाई गुणस्तरीय सेवा पु-याउने प्रतिबद्धता व्यक्त गरे  सानिमा बैंकले हाल ७८ शाखा तथा ७२ एटिएममार्फत सेवा दिइरहेको छ ।