मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २२ आइतबार ११:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २२ आइतबार ११:१६:००

नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ। शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक अहिले बिहान ८ बजेबाट पुनः सुरु भएको हो।

विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिबार अपराह्न उक्त बैठक स्थगित गरिएको थियो।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा १० समूह बनाई छलफल सुरु गरिएको थियो। 

उक्त समूहका टोलीका नेताहरूमा अशेष घिमिरे, कृष्णकुमारी विश्वकर्मा, जीवनराम श्रेष्ठ, नरेश शाही, मोहन गौतम, राजेन्द्र लोहनी, विजय गुरुङ, सोमप्रसाद पाण्डेय, हस्त शाही तथा पूर्णा जोशी छन्। 

राजनीतिक प्रतिवेदनमा छलफल सुरु भएको र छलफल सकिएलगत्तै विभिन्न जिल्ला, तह, भूगोल, प्रदेशको सन्तुलित प्रतिनिधित्व हुने गरी निर्माण गरिएका समूहका निष्कर्ष आजको बैठकमा प्रस्तुत गरिने दश समूह टोलीमध्येका नेतृ पूर्णा जोशीले जानकारी दिए। 

उनका अनुसार संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई प्रभावकारी बनाउने, केन्द्रमातहतका आफ्ना सबै कमिटी, विभाग र मोर्चा संगठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्नेलगायत विषयमा छलफल भइरहेको छ।

केन्द्रीय नेताबाट प्रतिवेदनलाई गहन रूपमा अध्ययन तथा छलफल गरेपछि प्राप्त हुने सुझावका आधारमा सो प्रतिवेदनको आवश्यक परिमार्जन गरिने बताइएको छ।

प्रतिवेदनमा सरकारको कार्यशैली मूल्यांकन, राष्ट्रिय समस्या समाधानका दृष्टिकोण, अन्तर्राष्ट्रिय तहमा भएका युद्ध रोक्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ। पार्टीले अन्य राजनीतिक दललाई हेर्ने दृष्टिकोण संसदमा पार्टीको थप प्रभावकारी भूमिकाको विश्लेषण गरिएको छ।