मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
अनिल यादव काठमाडौं
२०७९ माघ २१ शनिबार २३:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपा बैठक निष्कर्षहीन, भोलि बिहान साढे ११ बजे पुनः बस्ने

Read Time : < 1 मिनेट
अनिल यादव, काठमाडौं
२०७९ माघ २१ शनिबार २३:१५:००

प्रधानमन्त्रीको नयाँ प्रस्तावअनुसार मन्त्रालय फेरबदल गर्ने वा सरकार छाड्ने भन्ने निर्णय लिन बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक निष्कर्षहीन भएको छ । 

आज साढे दुई घण्टासम्म चलेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले कुनै निर्णय लिन नसकेपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको छ । 

संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले भोलि बिहान साढे ११  बजे पुनः बसने गरी आजको बैठक स्थगित गरिएको जानकारी दिए । 

‘आज साढे दुई घण्टा छलफल गर्दा पनि कुनै निर्णयमा पुग्न सकिएन । त्यसैले भोलि साढे ११ बजे बस्ने गरी आजलाई बैठक स्थगित गरिएको छ,’ प्रमुख सचेतक परियारले नयाँ पत्रिकासँग भने । 

उनले गठबन्धनभित्र गृहमन्त्रालय र रास्वपाको विषय मात्र नरहेको भन्दै तर रास्वपाकै विषयलाई मात्रै ठूलो बनाइयो भन्ने विषयमा पनि छलफल भएको जानकारी दिए । 

प्रधानमन्त्री प्रचण्डले आजै रास्वपा सभापति रवि लामिछानेसँग गृह मन्त्रालयको सट्टामा भौतिक पूर्वाधार तथा यातायात वा अन्य कुनै मन्त्रालय लिन प्रस्ताव गरेका थिए । 

गृहमन्त्रालयको अडानमा रहेको रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई बिहीबार दुई दिनको अल्टिमेटम दिएको थियो । शनिबारसम्ममा गृहमन्त्रालय नदिइएको सरकार छाड्ने भने पनि रास्वपाका अधिकांश नेता र अधिकांश सांसद तत्काल सरकारबाट बाहिरिन नहुने अडानमा छन् ।