१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ २१ शनिबार १५:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ताइवानका विषयमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको आग्रह

Read Time : < 1 मिनेट
२०७९ माघ २१ शनिबार १५:३७:००

ताइवानका विषयमा हस्तक्षेप नगर्न र ताइवान जलडमरुमा क्षेत्रमा तनाव निम्त्याउने कुनै प्रकारका गतिविधिमा नलाग्न चीनले अमेरिकालाई आग्रह गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुख विलियम बर्न्सको हालैको प्रतिक्रियाका विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा प्रवक्ता माओ निङले उक्त टिप्पणी गरेकी हुन्।

‘ताइवान चीनको एक अविभाज्य भाग हो। ताइवानको विषय पूर्णतया चीनको आन्तरिक मामिला हो,’ प्रवक्ता माओले भनिन्। उनले ताइवानको विषय र र युक्रेन मुद्दा भिन्न भएकोले तुलना गर्नै नमिल्ने प्रतिक्रिया दिइन्।

उनले ताइवान प्रश्नको समाधान चिनियाँहरूको विषय भएको र त्यसको निर्णय चिनियाँहरूले नै गर्नुपर्ने बताउँदै अमेरिकाले यस विषयमा अनावश्यक चासो लिन उपयुक्त नहुने धारणा राखिन्।