१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २१ शनिबार ११:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालीको पहुँचमा सर्वशुभल स्वास्थ्य शिक्षा पुर्‍याउने मन्त्री गिरीको प्रतिवद्वता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २१ शनिबार ११:४५:००

स्वास्थ्य तथा जनसंख्या मन्त्री  पदम गिरीले स्वास्थ्य क्षेत्रमा विकराल समस्या रहेको भन्दै ती समस्या समाधान गर्ने र आम नेपालीको पहुँचमा सर्वशुभल स्वास्थ्य शिक्षा पुर्‍याउने प्रतिवद्वता जनाएका छन् । शनिबार स्वास्थ्य पत्रकार मन्चको आठौं वार्षिक साधारणसभामा बोल्दै मन्त्री गिरीले स्वास्थ्य क्षेत्र विपन्नको पहुँचमा पुर्‍याउने पत्रकारिताको भुमिका महत्वपूर्ण रहेको बताए । मन्त्री गिरीले विकृती, अभाव र अनुतर्दायित्व प्रवृतिमाथी कमल चलाउन सन्चारकर्मीसमक्ष आग्रह  गरे ।

सन्चारकर्मीले वास्तविक जनताका गुनासो र समस्यालाई नेतृत्व तहमा पुर्याए त्यसमा सरकारले जिम्मेवार भएर काम गर्ने उनको भनाइ छ । स्वास्थ्य क्षेत्रमा रहेका विकृति हटाउन आफू लागिरहेको बताउँदै उनले आफ्नो कार्यकालमा  स्वास्थ्य क्षेत्रमा अधिकतम सुधार गर्ने तथा हिजोभन्दा स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित गर्ने प्रतिवद्वता जनाए । 

स्वास्थ्य राज्य मन्त्री तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रका समस्या, अनियमित, विकृति हटाउन सन्चारकर्मीको भुमिका महत्त्वपूर्ण रहेको बताइन्। उनले दुर दराजको स्वास्थ्य र शिक्षामा राज्यको उपस्थिति पुर्‍याउने मिडियाले प्रमुख भुमिका खेलेको बताउदै मन्त्रालयले सहकार्य गर्न तयार रहेको बताइन्। पछिल्लो समय स्वास्थ्य पत्रकारितामा सुधार आएको उनको भनाइ छ।