१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २० शुक्रबार १६:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंक अकाउन्ट ह्याक गर्ने आठजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २० शुक्रबार १६:५५:००

अरूको बैंक अकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न नाैजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले एनआइसी एसिया बैंकमा रहेको आफ्नो मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख चोरी भएको उजुरी जिल्ला प्रहरी परिसर ललितपुरमा गरेका थिए । सोही उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा सो कार्यमा संलग्न आठजना पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा पर्साका अजय चौधरी, राजु पटेल, साहिल परवेज, दिनेश राउत, शिवशंकर राउत, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, सप्तरीका दिलीप चौधरी र भारत बिहार प्रदेशका अवधेश कुमार रहेका ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाहले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिए ।

उनीहरूलाई काठमाडौं र मकवानपुरको विभिन्न ठाउँबाट पक्राउ गरिएको बताइएको छ । उनीहरूको साथबाट नौ थान मोबाइल,  एक थान ल्यापटप र पाँच थान एटिएम कार्ड पनि बरामद भएको छ ।

पक्राउ परेकाहरूमाथि बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।