१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २० शुक्रबार १०:३८:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २० शुक्रबार १०:३८:००

कब्जियत कुनै पनि उमेर समूहका मानिसलाई हुन सक्छ । यो रोग लाग्नुको मुख्य कारण अस्वस्थ खानपान र खराब जीवनशैली नै हो । हप्तामा कम्तीमा तीनपटक पनि दिसा लागेन भने कब्जियत भएको भनेर बुझ्नुपर्ने हुन्छ । नियमित दिसा नलाग्नु, दिसा क्लियर नहुनु, दिसा कडा हुनु । ,दिसामा रगत देखिनु, दिसा गर्न अप्ठेरो हुनु, भोक नलाग्नु, निद्रा नलाग्नु, पेट फुल्नु आदि कब्जियतका लक्षण हुन् । 

समाधानका उपाय
मुख्य कुरा खानपिन हो । शरीरमा फाइबर र पानीको मात्रा कम भयो भने यस्तो समस्या देखिन्छ । हाम्रो शरीरलाई कमसेकम २५ देखि ३५ ग्राम फाइबर दैनिक चाहिन्छ । यो परिपूर्ति भएन भने पेटमा गडबडी देखिन सक्छ । त्यसैले फाइबरयुक्त खानेकुरा अर्थात् काँक्रो, मुला, हरियो सागसब्जी, गेडागुडी, मेवा, स्याउलगायत फलफूल प्रशस्त खानुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । 
- फ्याटयुक्त खानेकुरा (दूधचिया, दूध, चिज, बटर) धेरै नखाने । रातो मासु (खसी, राँगा आदि) कम खाने । नियमित व्यायाम गर्ने । 
- निश्चित समयमा खाने र निश्चित समयमा दिसा गर्ने ।  दिसा रोकेर नबस्ने, लाग्नासाथ शौचालय गइहाल्ने । 
- धेरै नसुत्ने । 
- हप्तामा कम्तीमा तीनपटक पनि दिसा लागेन वा दिसामा रगत देखियो भने चिकित्सकसँग सम्पर्क राख्ने ।