१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ २० शुक्रबार १०:०६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

अनुहारमा एलर्जी आउन नदिन... 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ २० शुक्रबार १०:०६:००

धुलो, धुवाँ र घामको विकिरणले छालाको सुन्दरतामा असर पु¥याउने मात्रै होइन, विभिन्न स्वास्थ्य समस्यासमेत निम्त्याउने गर्छ । हामीले केही सावधानी अपनाउन सक्यौँ भने त्यस्ता समस्यालाई कम गर्न सक्छौँ । 
- अनुहारको छालाको सुरक्षाका लागि सनग्लास र मास्क प्रयोग गर्नुपर्छ । सकेसम्म घरबाट बाहिर निस्कँदा छाता प्रयोग गर्दा छाला डढ्नबाट जोगिन्छ ।
- घरबाहिर निस्कँदा बडीलोसन, सनस्क्रिन क्रिमको प्रयोग गर्नुपर्छ । जसकारण घामले छाला डढ्ने समस्याबाट जोगाउन सक्छ ।
- हामीले सनस्क्रिन लगाउने तरिका पनि जान्नुपर्छ । हामी घरबाट निस्कने वेला मात्रै सनस्क्रिन लगाउँछौँ । तर, घरबाहिर निस्किनुभन्दा १५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ । हामीले दुई–तीन घन्टा घरबाहिर भएपछि फेरि सनस्क्रिन लगाउनुपर्छ । यसो गर्दा छाला जोगिन्छ । 
- आफ्नो छाला कस्तो प्रकारको हो भन्नेबारे चिकित्सकसँग परामर्श लिएर मात्रै सनस्क्रिन क्रिम र लोसन प्रयोग गर्दा राम्रो हुन्छ । 
- शरीर नुहाएपछि मस्चराइजर क्रिम लगायो भने फाइदा गर्छ । 
- राति सुत्ने वेला अनिवार्य मस्चराइजर क्रिम लगाउनुपर्छ ।