१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ माघ २० शुक्रबार ०७:२०:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कीर्तिमानी मूल्यमा एन्जो चेल्सी पुगे

चेल्सीले एक सय २१ मिलियन युरो खर्चंदै विश्व च्याम्पियन खेलाडी एन्जो फर्नान्डेजलाई बेन्फिकाबाट भिœयाएको छ

Read Time : > 1 मिनेट
२०७९ माघ २० शुक्रबार ०७:२०:००

इंग्लिस प्रिमियर लिगको क्लब चेल्सीले बिहीबार आधिकारिक रूपमा बेन्फिका तथा विश्वविजेता अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजलाई कीर्तिमानी मूल्यमा भित्र्याएको छ । चेल्सीले अर्जेन्टिनी युवा स्टार एन्जोलाई अनुबन्ध गर्न एक सय २१ मिलियन युरो खर्च गरेको एजेन्सीहरूले जनाएका छन् । फ्री ट्रान्सफरमा कुनै पनि बेलायती क्लबले एक खेलाडीमाथि खर्च गरेको यो रकम सर्वाधिक हो । यसअघि म्यानचेस्टर सिटीले सन् २०२१ मा ज्याक ग्रेयलिसलाई एक सय मिलियन युरो खर्चिएको थियो । 

इंग्लिस स्ट्राइकर ग्रेयलिस एस्टन भिल्लाबाट सिटीमा अनुबन्ध भएका थिए । त्यसअघि चेल्सीले नै इन्टर मिलानबाट रोमेलु लुकाकुलाई सर्वाधिक मूल्यमा भित्र्याएको थियो । चेल्सीले फर्नान्डेजमाथि खर्चेको रकम छैटौँ सर्वाधिक हो । सन् २०१९ मा बार्सिलोनाले फ्रान्सका एन्टोइन ग्रिजम्यानलाई एक सय २० मिलियन युरोमा भित्र्याएको थियो । अगस्टमा मात्रै फर्नान्डेज पोर्चुगिज क्लब बेन्फिकासँग जोडिएका थिए । फर्नान्डेज गत महिना कतारमा आयोजना भएको फिफा विश्वकप फुटबल प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडी घोषित थिए ।

‘चेल्सीमा जोडिन पाउँदा निकै खुसी छु । लन्डनको प्रतिनिधित्व गर्दा गौरवान्वित र खेलका लागि उत्साहित छु,’ फर्नान्डेजले चेल्सी पुगेपछि भनेका छन् । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै तेस्रोपटक विश्वकप उपाधि जित्दा फर्नान्डेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । सोही प्रदर्शनका कारण उनी प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए । फर्नान्डेजले विश्वकपअन्तर्गत समूह चरणमा मेक्सिकोविरुद्ध २–० को जितमा एक गोल गरेका थिए । २२ वर्षीय फर्नान्डेजले स्टामफोर्ड ब्रिजमा रहने सम्झौता गरेका छन् । अर्जेन्टिनी क्लब रिभर प्लेटका फर्नान्डेजलाई बेन्फिकाले २०१९ मा भिœयाएको थियो । उनले रिभर प्लेटमा ४० खेल खेल्दा १० गोल गरेका थिए । 

यसपछि सन् २०२२–२३ को सिजन फर्नान्डेज बेन्फिकामा रहे । उनले १७ खेल खेल्दा एक गोल गरे । कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि फर्नान्डेजको माग प्रिमियर लिगमा बढेको थियो । फर्नान्डेजलाई खरिद गर्न ला लिगा विजेता रियल म्याड्रिड र प्रिमियर लिग क्लब लिभरपुलले इच्छा देखाएका थिए । अमेरिकन धनाढ्य टोड बोएहलीले चेल्सीलाई आफ्नो स्वामित्वमा लिएपछि पाँच सय ५० पाउन्ड खर्च गरिसकेका छन् । यस सिजन मात्रै चेल्सीले १७ खेलाडी अनुबन्ध गरिसकेको छ । 

यस सिजन प्रिमियर लिगमा चेल्सी खराब लयमा छ । चेल्सीले २० खेलमा आठ जित र पाँच बराबर र सात खेलमा हार व्यहोरेको छ । चेल्सी २९ अंकका साथ दसौँ स्थानमा छ । १९ खेल खेलेको आर्सनल ५० अंकका साथ शीर्ष स्थानमा रहेको छ ।