मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १९ बिहीबार ११:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री पौड्याल श्रीलंका जाँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १९ बिहीबार ११:३४:००

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलंकाको  ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएकी छिन् । 

उनी आफ्ना श्रीलंकाली समकक्षी अली साब्रीको निमन्त्रणामा कोलम्बोमा यही माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा अतिथिको रूपमा सहभागी हुन दिउँसो १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री पौड्याल माघ २० गते कोलम्बोमा आफ्ना समकक्षीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता चोकमा राष्ट्रपतिको सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सव ‘लंकारालंका’मा सहभागी हुने कार्यक्रम छ ।

यसैगरी उनी माघ २१ गते ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नेछिन् भने राष्ट्रपतिले राष्ट्रपति भवनमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछिन् ।  परराष्ट्रमन्त्री डा. पौड्याल यही माघ २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।