मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १९ बिहीबार ०९:३५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

घरमा मेकअप गर्दा यी कुरामा ध्यान दिनुस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १९ बिहीबार ०९:३५:००

आजभोलि विवाहको सिजन चलिरहेको छ । विवाह पार्टीमा जोकोहीलाई सुन्दर भएर जान मन लाग्छ । तपाईंसँग ब्युटिपार्लर जाने समय छैन भने घरमै मेकअप गरेर पनि जान सक्नुहुन्छ । 

सुरुमा फेसवासले अनुहार धुनुपर्छ । अनि, सफा कपडाले अनुहार पुछ्नुपर्छ । त्यसपछि अनुहारमा टोनर लगाउनुपर्छ । त्यसको केही बेरमा मोस्चराइजर क्रिम लगाउनुपर्छ । त्यसपछि सन्सक्रिन क्रिम अनिवार्य लगाउनुपर्छ । मेकअपलाई लामो समय टिकाउन प्राइमर लगाउन सकिन्छ । यसपछि आफूलाई मन परेको सेपमा आइब्रो बनाउनुपर्छ । 

आफ्नो स्किनअनुसारको फाउन्डेसन लगाउनुपर्छ । लगत्तै पाउडर लगाउनुपर्छ । मेकअप गरेको करिब १० मिनेटपछि अनुहारमा चमक आउँछ । घरमै बसेर आइस्याडो लगाउँदा आफूले लगाएको कपडाअनुसारको आइस्याडो लगाउन सकिन्छ । कसैलाई कपडाको कलरअनुसारको आइस्याडो मन पर्दैन भने न्युड कलरको आइस्याडो लगाउन सकिन्छ । घरमा बस्दा वा चाडपर्वको समयमा न्युड मेकअप गर्दा राम्रो देखिन्छ ।

कस्तो सनस्क्रिन क्रिम लगाउने ? 
आफ्नो स्किनअनुसार सुट हुने क्रिम लगाउनुपर्छ । क्रिम छनोट गर्दा फेसलाई सुट हुन्छ/हुँदैन, प्रयोग गरेर मात्र किन्नुपर्छ । कसैलाई ब्रान्डअनुसारको क्रिमले सुट गर्छ भने कसैलाई कम मूल्यका क्रिमले सुट गर्ने हुन्छ । फाउन्डेसन किन्दा पनि आफ्नो स्किनअनुसार सुरुमा सुट हुन्छ/हुँदैन, प्रयोग गरेर मात्र छनोट गर्नुपर्छ । 

चस्माको जतन यसरी
- चस्माको लेन्स सानो ठक्करबाट पनि चर्किने तथा फुट्ने खतरा रहन्छ । तसर्थ, लगाउँदा र फुकाल्दा विशेष ध्यान दिनुहोस् ।
- चस्माको लेन्स कडा टेबल या भुइँमा राख्नुहुँदैन, जसले लेन्स धमिलो हुन्छ । 
- फेसनको नाममा टाउको वा निधारमा चस्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ ।  
- चस्मा सफा गर्ने कपडा सधैँ सफा हुनुपर्दछ । फोहोर कपडा प्रयोग गर्दा कोरिने सम्भावना हुन्छ । 
- चस्माको लेन्स या फ्रेम अत्यधिक तापक्रममा खुइलिने तथा बिग्रिने हुन्छ । तसर्थ, ८० डिग्री फरेनहाइटभन्दा बढी तापक्रमबाट जोगाउनुपर्छ । 
- चस्मा सफा गर्दा नरम साबुन र हल्का तातो पानीको प्रयोग गर्न सकिन्छ ।