मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ १८ बुधबार १३:२९:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ : पूर्वकप्तान मल्ल ‘बी’मा ओर्लिए

Read Time : < 1 मिनेट
२०७९ माघ १८ बुधबार १३:२९:००

नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक सकिएको छ।  पोखरामा क्यान अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ। 

बैठकले क्रिकेट खेलाडीको नयाँ ग्रेडिङ गरेको छ। ग्रेड ‘ए’मा  रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आसिफ शेख छन्। 

ग्रेड ‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् भने कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्सनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादवलाई ग्रेड ‘सी’मा राखिएको छ।

महिलातर्फ रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा ग्रेड ‘ए’मा परेका छन् भने ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य र कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी बेगम छन्।