१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १८ बुधबार ११:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिंहदरबार पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध, सरकार बेखबर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १८ बुधबार ११:२२:००

सिंहदरबारको पूर्वी गेटअगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।

ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधनचालकले सास्ती व्यहोर्नुपरेको छ । सिंहदरबार पूर्वी गेटमा मंगलबार दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदासमेत सरकार बेखबर छ ।

हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पनि पहल नगरेको देख्न सकिन्छ । पूर्वी गेट वरपरका स्थानीयहरू पनि ढलको दुर्गन्धका कारण समस्यामा परेका छन्।