मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १७ मंगलबार १०:२२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

महिलाका लागि यस्तो पार्टी वेयर 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १७ मंगलबार १०:२२:००
नवीन लुइँटेल, फेसन डिजाइनर सेन्ट्रल फेसन हब 

हिजोआज विवाहको मौसम चलिरहेको छ । विवाह पार्टीमा जाँदा आकर्षक परिहन लगाएर जाने धेरैको रहर हुन्छ । पार्टीमा पुरुषको तुलनामा महिलाहरू सिँगारिएर जान रुचाउँछन् । अर्काे, पार्टीमा कस्तो पहिरन लगाएर जाने भन्ने विषयमा धेरैलाई चासो पनि हुन्छ । नेपाल पनि महिलाका लागि नयाँ–नयाँ पार्टी वेयर डिजाइन चल्तीमा छन् । तर, तपाईंलाई कस्तो डिजाइन सुहाउँछ भन्ने कुरा स्किन टोन र तपाईंको शारीरिक बनावटमा भर पर्छ । त्यस्तै, कस्तो रङको रोज्ने भन्ने विषयले पनि महत्व राख्छ । 

रोजाइमा साडी–लेहेंगा
विवाह पार्टीका लागि लेहेंगा र साडी अधिकांश महिलाको रोजाइमा छ । परम्परागत कपडा लगाउन चाहनेले ढाकाको चोली र साडी पनि लगाउँछन् । विवाहित र अविवाहित सबैका लागि म्याच हुने विभिन्न लेहेंगाको डिजाइन पनि अहिले लोकप्रिय छ । साडी–चोलोको पुरानो चलनमा पनि उत्तिकै परिवर्तन आउन थालेको छ । त्यसको साटो लेहेंगा तथा विभिन्न डिजाइनका कुर्ता लगाउने चलन बढेको छ । भेल्भेटमा ह्यान्डवर्क गरेको र प्लेन जर्जेट, प्लेन सिल्कमा हातले बुट्टा भरेका कपडा पनि उत्तिकै चल्तीमा छन् । यद्यपि, रेडिमेड कपडामा पनि हातले बुट्टा भरेर नयाँ लुक्समा लेहेंगा, साडी र गाउनको आकर्षक डिजाइन दिन सकिन्छ । 

कस्तो रङ छान्ने ? 
पार्टीमा जाँदा पहिरनको रङले पनि विशेष महत्व राख्छ । जस्तो, रातको समयमा डार्क कलरको पहिरन सुहाउँछ । दिउँसोको पार्टीका लागि हल्का र उज्यालो रङका पहिरनमा राम्रो देखिन्छ । पहेँलो, गुलाबी, कलेजीलगायत रातोभन्दा फरक र कम चम्किला कपडा छनोट गर्दा राम्रो हुन्छ । रातिको पार्टीका लागि डार्क कलरमा साइनिङ दिने फ्याब्रिक छनोट गर्दा उत्तम हुन्छ । दिउँसोको पार्टीका लागि हो भने लाइट कलरको कपडा छान्दा उपयुक्त हुन्छ । पार्टीमा धेरै साइनिङ दिने पहिरन लगाउँदा पनि राम्रो देखिँदैन । 

रिसेप्सन पार्टी पहिरन
विवाह भोजका वेला लगाइने पहिरनलाई रिसेप्सन रूपमा लिइन्छ । यो पार्टीमा आफन्तबाहेक अन्य विशेष पाहुनालाई समेत निम्तो गरिन्छ । रिसेप्सनमा दुलाहा–दुलही मात्रै नभएर पाहुनाको पनि पहिरनको चर्चा हुन्छ । अहिले धेरैजसो महिलाको रोजाइमा भने लेहेंगा पर्ने गरेको छ । यो लगाउन सजिलो पनि हुन्छ, साडीजस्तो झन्झट हुँदैन । रिसेप्सनमा नाच्न पनि सजिलो हुन्छ । साडी, गाउन पनि रिसेप्सन पार्टीका लागि लगाउन मिल्छ ।