मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १७ मंगलबार ०९:५०:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ब्लडप्रेसर नियन्त्रण गर्न कस्तो जीवनशैली ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १७ मंगलबार ०९:५०:००

ब्लडप्रेसर भनेको साइलेन्ट किलर हो । प्रेसरले कुनै पनि वेला पक्षाघात, प्यारालाइसिस, हर्टअट्याक हुन सक्छ । यस्तै, मिर्गाैलालाई असर गर्न सक्छ । रगतका नसाहरूमा खराबी गर्न सक्छ । त्यसैले प्रेसरलाई साइलेन्ट किलर भनिएको हो । यसले लक्षण देखा नपरी हानि गर्न पनि सक्छ । 

डा. रोशन झा फिजिसियन, सशस्त्र प्रहरी अस्पताल

कारण 
ब्लडप्रेसर बढ्नुको मुख्य कारण उमेर हो । ३०–४० वर्षको उमेर कटिसकेपछि शरीरका नसाहरू साँघुरो हुँदै जान्छन् । चाप महसुस हुन्छ । तर, कुनै–कुनै व्यक्तिमा अचानक प्रेसर बढ्न पनि सक्छ । अनिद्रा, खानपान नमिल्दा, धूम्रपान, मद्यपान, रोस्ट आइटम, पिनट, पापड, अचार, सेकुवा बढी खाने व्यक्तिमा प्रेसर बढ्छ । नुनको मात्रा बढी भएको खानेकुरा धेरै खाँदा ब्लडप्रेसर बढ्छ । जीवनशैली, खानपानमा परिवर्तन ल्यायो भने मात्रै पनि औषधि सेवन गर्नुपर्दैन । तर, खानपान, जीवनशैली ठीक छ भने पनि प्रेसर १४० भन्दा माथि भयो भने त्यस्तो अवस्थामा प्रेसरको औषधि खानुपर्ने हुन्छ ।

नियन्त्रणका उपाय
- नुन धेरै सेवन नगर्ने । 
- सधैँ स्वस्थकर तथा सन्तुलित आहार लिने । तारेको, भुटेको धेरै नखाने । 
- सामान्य व्यक्तिले प्रत्येक महिना प्रेसर जाँँच गर्ने । प्रेसर बढेको रहेछ भने चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्ने । प्रेसरको औषधि खाइरहेका व्यक्तिले तीन–तीन महिनामा जाँँच गर्ने । 
- तनाव कम गर्ने । 
- नियमित शारीरिक व्यायाम गर्ने ।

बुझ्नैपर्ने कुरा
चिकित्सकले आवश्यकता हेरेर प्रेसरका बिरामीलाई औषधि दिने गरेका हुन्छन् । प्रेसर कम हुँदै गएपछि चिकित्सकले नै औषधि बन्द गरिदिने गर्छन् । प्रेसर हाई छ भने औषधिले यसलाई नियन्त्रण गर्छ । त्यसैले चिकित्सकलाई देखाएर उपचार थाल्नुपर्छ । ब्लडप्रेसरको औषधिको बानी परेपछि सधैँ खाइरहनुपर्छ, औषधि छुट्यो भने नराम्रो हुन्छ भन्ने भ्रम कतिपयमा छ ।

यस्ता भ्रमको पछि लाग्दा समस्यामा परिन्छ । व्यक्तिको उमेर, अन्य परीक्षण, जस्तै– मिर्गौला, मुटुको अवस्था, मुटुको चाल आदि हेरेर औषधि दिने गरिन्छ । कतिपय प्रेसरको औषधिले मिर्गाैलामा काम गर्छ । कतिपयले रगत बग्ने नसामा गएर काम गर्ने हुन्छ । कतिपय औषधि मुटुको चालसँग सम्बन्धित हुन्छ भने कतिपय पिसाब लाग्ने र प्रेसर कम गर्ने पनि हुन्छ । यस्ता औषधि कुनै बिहान त कुनै बेलुका मात्र सेवन गर्नुपर्ने हुन्छ ।