मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवयुग श्रेष्ठ, फुटबल खेलाडी
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १७ मंगलबार ०९:३४:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

फुर्सदमा सिनेमा हेर्छु : नवयुग श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १७ मंगलबार ०९:३४:००

अधिकांश समय ट्रेनिङमै बित्छ । प्रतियोगिताका दौरान झन् व्यस्त भइन्छ । प्रतियोगिता नहुँदा र फुर्सद मिल्दा सिनेमा हेर्छु । मेरो हलमै गएर सिनेमा हेर्ने बानी छ । पछिल्लो समय हल गएर नेपाली सिनेमा ‘कबड्डी’ हेरेँ । निकै मज्जा आयो ।

त्यसै पनि दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीका सिनेमा हेर्न छुटाउँदिनँ । दयाहाङ राई मलाई मन पर्ने कलाकार हुनुहुन्छ । सिनेमामा उहाँको भूमिका एकदमै मन पर्छ । अभिनय एकदमै नेचुरल लाग्छ । सौगात मल्ल र विपिन कार्कीको पनि अभिनयको फ्यान हुँ । उहाँहरूले हरेक चरित्रलाई न्याय गर्न सक्नुहुन्छ । मलाई स्वस्तिमा खड्काको अभिनय मन पर्छ । मैले उहाँको सिनेमा पनि हेरेको छु । उपासनासिंह ठकुरीको व्यक्तित्व मन पर्छ ।

उहाँले ‘कबड्डी’मा निकै राम्रो अभिनय गर्नुभएको छ । सकेसम्म नेपाली सिनेमा हेर्न छुटाउँदिनँ । साथीहरूको सिफारिसमा सिनेमा हेर्छु । बजारमा आएका समीक्षाका आधारमा हेर्छु । कतिपय सिनेमा झुर पर्छन् । त्यसैले सिनेमा हेर्दा साथीहरूको कमेन्ट सुनेर मात्रै हेर्छु । लभ स्टोरी, एक्सन, थ्रिलर र कमेडी सिनेमा मन पर्छ । अहिलेका अधिकांश नेपाली सिनेमा ‘लभ स्टोरी’मा आधारित छन् ।

एउटै खालको सिनेमा बनाउने लहर चलेको छ जस्तो लाग्छ । कमेडी र सामाजिक विषयवस्तुमा आधारित सिनेमा पनि हेर्छु । वास्तविकतामा आधारित सिनेमा हेर्न मन लाग्छ । यस्ता फिल्मले दिने रमाइलो नै फरक हुन्छ । त्यसैले लभ स्टोरीभन्दा सामाजिक विषयवस्तुमा सिनेमा बने हुन्थ्यो जस्तो लाग्छ ।