१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७९ माघ १६ सोमबार १८:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महाकाली नदीमा फसेका २० जनाको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
२०७९ माघ १६ सोमबार १८:०७:००

प्रहरीले महाकाली नदीमा फसेका २० जना मजदुरको उद्धार गरेको छ। आज भीमदत्त नगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो। 

पूर्वजानकारीविना शारदा ब्यारेज वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव बढी महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ट्रयाक्टरहरूसहित मजदुर नदीको बीच भागमा डुबेका थिए।

आठजना ट्रयाक्टर चालकसहित २० जना मजदुर महाकालीमा नदीमा डुबेको खबर पाएपछि सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए। 

‘ब्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई ट्रयाक्टरसहित र चालक र मजदुरलाई सकुशल उद्धार गरिएको हो,’ उनले भने, ‘इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोली महाकालीमा फसेका मजदुरहरूको सकुशल उद्धार गरेको हो।’ 

नेपाली प्रशासनलाई जानकारी नदिई भारतीय पक्षले सोमबार ब्यारेजको ढोका खोल्दा महाकालीमा पानीको बहाव एक्कासि बढेको हो।