१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ १६ सोमबार ११:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी निर्माण सुरु

Read Time : < 1 मिनेट
२०७९ माघ १६ सोमबार ११:५९:००

एक सय ३५ मेगावाटको मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण कार्य सुरु भएको छ । कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको जलविद्युत् आयोजनाको निर्माण कार्य पुस अन्तिम साताबाट सुरु भएको हो । आगामी चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी एक नेपाली र तीन चिनियाँ कम्पनीले साझेदारीमा जलविद्युत् आयोजना निर्माण गर्न लागेका हुन् । आयोजना निर्माणका लागि बुटवल पावर कम्पनीसहित एससिआइजी इन्टरनेसनल, छिङचेङ इन्टरनेसनल र चिनियाँ लगानीकर्ता क्युवाइसी इन्टरनेसनलले निर्माण गर्ने भएका हुन् ।

आयोजनामा नेपाली साझेदार बिपिसीको २० प्रतिशत र तीन चिनियाँ कम्पनीको संयुक्त रूपमा ८० प्रतिशत लगानी छ । कुल लागत ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहने आयोजनाले जनाएको छ । रन अफ द रिभर प्रकृतिमा बन्न लागेको सो आयोजनाबाट वार्षिक सात सय ६६ दशमलव ५ सय ९३ गिगावाट विद्युत् शक्ति उत्पादन हुने जनाइएको छ ।

आयोजनाबाट वार्षिक ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन हुने प्रारम्भिक अध्ययनले देखाएको छ । सम्भाव्यता अध्ययनअनुसार यो आयोजनाको ग्रस हेड चार सय ३० दशमलव २० मिटर र हेडरेस टनेल ६ दशमलव ०७५ किमि रहेको छ । आयोजना निर्माणका लागि सम्बन्धित कम्पनी र नेपाल सरकारबीच ३ पुसमा सम्झौता भएको थियो ।