मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ माघ १६ सोमबार ११:४६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

हेभी मेकअप गर्दिनँ : अञ्जना रानामगर

Read Time : < 1 मिनेट
२०७९ माघ १६ सोमबार ११:४६:००

म पहिरनमा कन्सस छैन । मलाई यही पहिरन लगाउनुपर्छ भन्ने लाग्दैन । म प्रायः ट्र्याकसुट लगाउने गर्छु । नियमित प्रशिक्षणका लागि जानुपर्ने भएकाले पनि ट्र्याकसुट लगाएर जान्छु । पारिवारिक भेटघाट वा मन्दिर जाँदा भने कुर्था लगाउँछु । सिम्पल खालका कुर्था मेरो रोजाइमा पर्छन् । कहिलेकाहीँ फर्मल कार्यक्रम पर्दा साडी पनि लगाएर जान्छु ।

कहिलेकही जिन्स पाइन्ट र स्वीटर पनि लगाउँछु । गर्मीको समय टिसर्ट र ट्राउजर पनि हिड्छु । मेकअप भने खासै गर्दिनँ । नेचुरल स्किनमै आफूलाई सहज महसुस गर्छु । त्यसकारण हेभी मेकअप गर्दिन । हेभी मेकअप गर्दा असहज लाग्छ । 

मलाई नाइक र पुमाका स्पोर्टस् सुजहरू सहज लाग्छन् । प्रायजसो समय प्रशिक्षणमै बित्छ । आफ्नो क्लब तथा देशका लागि कसरी राम्रो गर्ने भन्नेमै ध्यान केन्द्रित रहन्छ । फुर्सदको समय विभिन्न सिरियल, गीतका भिडियो तथा फिल्म हेर्छु ।

कहिलेकाहीँ मोबाइलमै हेर्छु, कहिले टिभी त कहिलेकाहीँ फुर्सद निकालेर सिनेमाहल पनि जान्छु । नेपालमा यही कलाकार मन पर्छ भन्ने छैन । सबै राम्रो नै लाग्छ । सिचुएसनअनुसार कलाकार मन पर्छ । कुनै–कुनै फिल्मले त भावुक नै बनाइदिन्छ ।