मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ माघ १६ सोमबार ११:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहिदको सम्मानका लागि देश विकासको संकल्प गरौँ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ माघ १६ सोमबार ११:२४:००

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरूको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् । 

सोमबार सहिद दिवसको अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सहिदहरूले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए । उनले  देशको र जनताको निम्ति प्रगति र समृद्धिको आफ्नो प्राण दिने सहिदहरू अमर र अजर रहने बताए ।

उनले राष्ट्र, जनताको प्रगति र सेवामा समर्पित हुन सहिदहरू प्रेरणाको स्राेत भएको बताए । उनले माघ १६ गतेलाई फगत स्मरण र औपचारिक समारोहमा मात्रै सीमित नभई सहिदहरूको सपना, राष्ट्रको प्रतिष्ठा, जनताको प्रगतिका लागि सबै एक हुनुपर्ने बताए ।

आजको दिन सहिदहरूको सम्मानका लागि सबैले देश विकासका लागि संकल्प गर्नुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले आज माघ १६ गते सहिद दिवसको अवसरमा सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सहिदहरूको सालिकमा माल्यार्पणसमेत गरे ।